सांगठनिक संरचना

२०२८ सालमा स्थापना भएर पेट्रोलियम व्यवसायीहरुमाझ निरन्तर रहेपनि एशोसिएशनको सांगठनिक संरचना मिति २०४९ कार्तिक सम्म उपत्यकामा र यसको वरपर मात्र सिमित थियो | २०४६ सालको राष्ट्रिय जनआन्दोलनको सफलतासंगै स्थापित प्रजातान्त्रिक परिपाटि अनुसार पेशागत संगठनहरुको स्थापनाको क्रमसंगै अधिराज्यका विभिन्न स्थानहरुमा विभिन्न समयमा क्षेत्र, अञ्चल र जिल्ला स्तरीय एशोसिएशनहरुको स्थापना भयो | यो क्रममा अधिराज्यका १२ स्थानमा अञ्चल र जिल्ला स्तरीय एशोसिएशनहरु गठन भए | साथै पेशागत हक हितका लागि अधिराज्यका सबै एशोसिएशन एउटै छानामा आउन समय सान्दर्भिक र आवश्यकता समेत बन्यो | त्यसैको फलस्वरुप मिति २०४९ साल, कार्तिक २ गते सम्पन्न यस एशोसिएशनको २२ औं साधारण सभाले अधिराज्य भरिका सबै पेट्रोलियम संगठनहरुलाई नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनसँग आवद्ध गर्ने निर्णय गर्यौं | आज नेपाल भरिमा विभिन्न स्थानमा गरेर १० वटा जिल्ला एशोसिएशन, ८ वटा अञ्चल एशोसिएशन र १ क्षेत्रीय एशोसिएशन गरेर जम्मा १९ वटा क्षेत्र, अञ्चल तथा जिल्ला एशोसिएशनहरु अन्तरगत साधारण बिक्रेता ९८२, प्याक्ड बिक्रेता २९८, विस्थापित मट्टीतेल बिक्रेता ५५७ र विभिन्न जिल्ला अन्तरगत मट्टीतेल बिक्रेता ४५१ समेत गरि जम्मा २२८८ साधारण तथा सामान्य सदस्यहरु यस नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनमा आवद्ध रहेका छन् |

संगठनको विस्तारका क्रममा एशोसिएशनको २०४९ सालमा सम्पन्न साधारण सभाले विधान संसोधन गरी नेपाल राज्य भित्र नेपाल आयल निगमको विक्रेता भई पेट्रोलियम पदार्थ- पेट्रोल, डिजेल र मट्टीतेल)को कारोवार गर्ने सम्पूर्ण अधिकृत विक्रेतालाई सदस्यता दिने निर्णय गरेको हो । स्थानिय स्तरमा त्यस अघि र त्यस पछि हाल सम्म गरेर माथी उल्लेखित गरे अनुसार १९ वटा स्नानिय एशोसिएशनहरु गठन भई सकेका छन् ।

१. वागमती पेट्रोलियम डिलर्स एशोसिएशन

२. मेची पेट्रोलियम डिलर्स एशोसिएशन

३. पेट्रोलियम डिलर्स एशोसिएशन,कोशी

४. सगरमाथा पेट्रोलियम डिलर्स एशोसिएशन

५. पेट्रोलियम डिलर्स एशोसिएशन जनकपुरधाम

६. पेट्रोलियम डिलर्स एशोसिएशन, महोत्तरी

७. सर्लाही पेट्रोलियम डिलर्स एशोसिएशन

८. रौतहट पेट्रोलियम डिलर्स एशोसिएशन

९. विरगंज पेट्रोलियम डिलर्स एशोसिएशन

१०. बारा पेट्रोलियम डिलर्स एशोसिएशन

११. नारायणी पेट्रोलियम विक्रेता संघ, मकवानपुर

१२. चितवन पेट्रोलियम डिलर्स एशोसिएशन

१३. धादिङ् जिल्ला पेट्रोलियम डिलर्स एशोसिएशन

१४. पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन

१५. गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएशन

१६. राप्ती अञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन

१७. मध्यपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन

१८. सुदुर पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन

१९. पुर्वी गण्डक पेट्रोलियम डिलर्स' एशोसीएशन