परिचय

राष्ट्रिय आवश्यकता र बदलिदो परिस्थिति अनुसार राष्ट्रको पेट्रोलियम पदार्थको कारोबारलाई सुव्यवस्थित एवं सुदृढ पार्दै लगेर राष्ट्रिय अर्थतन्त्र समेत ठोस योगदान पुर्याउन सकिन्छ र नेपालमा पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीहरुको हक हित र अधिकारको समेत संरक्षण गर्न विक्रम सम्बत् २०२८ सालमा तत्कालिन समयमा उक्त व्यवसायमा संलग्न क्रमशः पियुष राज पाण्डे, रतिराम अग्रवाल, उमेश जैन, गोविन्द जाजोदिया, बद्रीलाल खेतान, रामबहादुर माली, विश्वनाथ मित्तल, तेजसिद्धि गुभाजु, जुगल किशोर टिवडेवाला लगायत व्यक्तिहरुको सक्रियतामा "नेपाल पेट्रोलियम डिलर्स एशोसिएशन" को स्थापना भएको हो | तर तत्कालिन समय र परिस्थितिका कारण यसलाई प्रकृयागत दर्ताको काम आर्थिक वर्ष २०२९/०३० अन्तरगत मिति २०३० साल बैशाख २० गते बाग्मती अन्चलाधिश कार्यालयमा दर्ता रहेको यो एशोसिएशन पछि सरकारले संघ संस्था दर्ता ऐन २०३४ लागू गरेपछि यसैऐन अन्तरगत आवद्ध रहेको छ |

 

मिति २०२८ सालमा स्थापना भएको यस एशोसिएशनले मिति २०४९ श्रावन देखि नेपाल अधिराज्यका सम्पूर्ण बिक्रेताहरुलाई एउटै छानामूनी एकिकृत गर्दै लैजाने उदेश्यले विभिन्न जिल्ला, अंचल र क्षेत्रगत रुपमा रहेका एशोसिएशनहरुलाई आफुमा आवद्ध गराएको छ | यस एसोसिएसनमा स्थापना कालदेखि हालसम्म निम्न व्यक्तिहरुले अध्यक्षता गरिसक्नु भएको छ |

१. श्री पियुषराज पाण्डे

२. श्री उमेश जैन

३. श्री मोहन गोपाल खेतान

४. श्री सन्तोष टिवडेवाला

५. श्री हिक्मतबहादुर माली

६. श्री शुभाष चन्द्र जाजेदिया

७. श्री जगतमान सिंह

८. श्री हिक्मतबहादुर माली

९. श्री सरोजप्रसाद पाण्डे

१०. श्री शिवप्रसाद घिमिरे

११. श्री सरोजप्रसाद पाण्डे (निवर्तमान)

१२. श्री लिलेन्द्रप्रसाद प्रधान